आगामी बिहिबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व शबे बारात घरमै बसेर मनाउन मुस्लिम आयोगले अपिल गरेको छ। कोरोनाभाइरसको प्रभावका कारण यस पर्वलाई घरमा मै मनाउन आग्रह गर्दै विज्ञप्ती जारी गरेको छ।
आयोगका अध्यक्ष समिम मियाँ अंसारीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ, ‘‘कोरोना भाइरसको आपदले देशभर लकडाउन रहेकोले यो पर्व मस्जिद तथा कब्रिस्तानहरुमा नगई घरमै बसेर ईबादत (ब्रत) गर्दै मनाउनुहुन अपिल गर्दछौ।’’
आयोगले सरकारले लगाएको लकडाउन सफल बनाउन समेत सबैलाई आग्रह गरेको छ।
