विभिन्न अस्पतालमा उपचाररत ८ जना काेराेना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डब्ल्युएचओको मापदण्ड अनुसार गर्नुपर्ने संक्रमितहरूकाे कन्ट्याक्ट ट्रेसिङ सकिएको बताएका हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कुल १९ सय ६५ नमुना परिक्षण भएको र काठमाडौँ उपत्यका बाहिर हालसम्म ४ सय १ गरी २ हजार ३ सय ६६ वटा नमूना परिक्षण भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले काठमाडौँ उपत्यकाभित्र १२ जना र काठमाडौँ उपत्यका बाहिर १ सय २२ जना गरि एक सय ३४ जना आइसोलेसनमा रहेका छन्। त्यस्तै हालसम्म देशभर ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा रहेका छन्।
मन्त्रालयका अनुसार रेड जोनमा आज ३ जना थपिएसँगै कूल १७५ जना रेड जोनमा परेका छन्।