कोरोना भाइरस संक्रमणको रोकथामको लागि सरकारले गरेको लकडाउनको समयमा नेपाल भित्रिएका १४ जना भारतीय नागरिक सप्तरीबाट पक्राउ परेका छन्। जिल्लाको अग्निसाइर कृष्णा सावरण गाउँपालिकामा फेला परेका उनीहरुलाई हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदहबाट प्रहरीले पक्राउ गरेको हो।
अग्निसाइर कृष्णा सावरण गाउँपालिका ६ चाँदनी चोकस्थित चौतारामा बुधबार राति सुतिरहेको अवस्थामा छन् भन्ने सुचना पाएर पुगेका वडाध्यक्ष तेजनारायण यादवले सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका थिए। तर उनीहरुले मानिरहेका थिएनन्।
प्रहरीका अनुसार पक्राउ पर्ने सबै भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाका हुन्। पक्राउ पर्नेहरुमा २२ वर्षीय मोहम्द सलीम, १९ वर्षीय इस्तियाक, २५ वर्षीय अजरत, २५ वर्षीय गेजिस, १९ वर्षीय बारिस, २२ वर्षीय सबीर, २५ वर्षीय शोखिमान, २४ वर्षीय मुस्बिर, २५ वर्षीय मगम, २२ वर्षीय तेजाव, १९ वर्षीय सम्साद, १८ वर्षीय नासिस, २२ वर्षीय नाजिब र २४ वर्षीय साहद रहेका छन्।