पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले पर्सा क्षेत्र नं १ का सासद प्रदीय यादवलाई सेल्फ क्वारेन्टिनमा बस्न आग्रह गरेका छन्। सांसद यादव बुधवार सीमावर्ती भारतको रक्सौलमा रहेको क्वारेन्टिनमा रहेका नेपालीहरुलाई भेट्न गएका थिए।
उनी त्यहाँ गएको बिषयले जोखिम बढाएको भन्दै आलोचना भएपछि सँगै गएका अन्यलाई पनि सेल्फ क्वारेन्टिनमा बस्न भनिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए। उनले भने, ‘‘उहाँहरु होम क्वारेन्टिनमा हुनुहुन्छ। मैले उहाँहरुलाई त्यही आग्रह गरेको छु र उहाँहरुले पनि त्यो प्रतिवद्धता जनाउनुभएको छ।’’
कोरोना भाइरसको संक्रमणको दोश्रो चरणमा नेपाल प्रवेश गरेको र सीमा क्षेत्र निकै जोखिममा रहेको छ। यही बेलामा सांसद यादव सीमापारि रक्सौलमा रहेको हजारी मल उच्च माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा गएको बिषयमा बिवादीत बनेपछि उगृह मन्त्रालयको निर्देशनमा उनलाई क्वारेन्टिन बस्न भनिएको हो।
सीमावार पार क्वारेन्टिनमा दुबैतर्फका नागरिक रहेका छन। संक्रमण नफैलियोस भनेर दुबै देशका सरकार प्रमुख तहमा भएको समझदारी पछि यस्तो गरिएको हो। सासद यादवले भने आफूले बिश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको प्रोटोकलको बर्खिलाप नगरेको बताएका छन्।
आफुँले भारतीय प्रशासकको स्विकृती लिई एर पर्साका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएर रक्सौल गएको उनले बताए। यादवले पर्साका प्रमुख जिल्ला अधिकारीले आफूलाई होम क्वारेन्टिनमा बस्नु भनेको बताए।