उद्योग क्षेत्रमा काम गर्ने मजदुरहरुकाे संगठन समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन)ले अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगमा कार्यरत सम्पूर्ण श्रमिकहरुका लागि आवस्यक सुरक्षा सामग्रि उपलब्ध गराउन सरकारसँग माग गरेकाे छ । खाद्य र औषधि जस्ता अत्यावश्यक सामग्री उत्पादनका लागि मजदुरहरु उच्च जाेखिम माेलेर काम गरिरहेकाे भन्दै ह्वीनले विश्व स्वास्थ्य संगठन(डव्लुएचओं) ले तय गरेको मापदण्ड अनुसारको आवश्यक सामग्रीको व्यवस्थापन गर्न माग गरेको हाे।
ह्वीनका केन्द्रीय अध्यक्ष आनन्द थामीले विहिबार एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक सामग्री उत्पादन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न र गराउन सम्पूर्ण रोजगारदाता तथा श्रमिकहरुलाई आव्हानसमेत गरेका छन्। सामाजिक दुरी कायम गर्न तथा उद्योगमै क्वारेण्टाइनको व्यवस्था सहित रोजगारदाताहरुले उद्योग सुचारु गरेको खण्डमा श्रमिकहरु काम गर्न तयार रहेको पनि ह्वीनले स्पष्ट पारेको छ।
ह्वीनले यस्ताे माहामारीको अवस्थामा समेत काममा खटिएका औद्योगिक श्रमिकहरुका लागि प्रोत्साहनस्वरुप प्याकेज घोषणा गर्न पनि सरकारसँग माग गरेको छ । औपचारिक क्षेत्रमा कार्यरत दैनिक ज्यालादारी मजदुर र श्रमिक आपूर्तिकर्ता अन्तर्गत सेवारत श्रमिकहरुलाई ज्याला वा राहत सुविधाको व्यवस्था गर्न पनि ह्वीनकाे माग छ।
विषम परिस्थीतिमा पनि सरकारले अवलम्वन गरेको सफल रणनीतिले नै मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सफलता मिलेको भन्दै ह्वीनले सरकारकाे प्रशंसा समेत गरेको छ।