कैलाली र कञ्चनपुरबाट संकलन गरिएका मध्ये ६६ जनाकाे नमुना परिक्षणमा काेराेना संक्रमण देखिएकाे छैन । संकलन गरिएकाे एक सय ९८ जनाको नमुनामध्ये हालसम्म ६६ जनाकाे परिक्षण सकिएकाे र ती सबैमा काेराेना नदेखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण गरिएकाे र सबैको रिर्पोट नेगेटिभ आएको बताएका हुन्।
धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो। देवकाेटाका अनुसार हाल देशभरीका क्वारेन्टाइनमा ७ हजार ९ सय ४० जना रहेका छन्। त्यस्तै काठमाडौँ उपत्यकाभित्र १८ जना र बाहिर ९९ सय जना गरी कुल १ सय १७ जना आइसोलेसनमा छन्।