चिनमा कोरोनाभाइरसको संक्रमण देखिएपछि बन्द गरिएको तातोपानी नाका बुधबारदेखी खुलेको छ। गत माघ १३ गतेदेखि बन्द गरिएको सिन्धुपाल्चोकको नाका खुलेसँगै १९ बाकस मास्क र १० बाकस ‘ह्याण्डस्यानिटाईजर’ नेपाल भित्रिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।
‘‘नाका खुलिसकेको छ’’ प्रजिअ ढकालले भने, ‘‘अब नियमित रुपमा सामानहरु आउँछ।’’ सिन्धुपाल्चोकको बाह्रबिसे निमफुञ्जु शेर्पाले अत्यावश्यक मेडिकल सामग्रीहरुको आयात गर्नेगरी नाका सञ्चालनमा आएको बताए। मेयर शेर्पाका अनुसार चिन सरकारले हालका लागि अत्यावश्यक वस्तु मात्रै नाका भएर पठाउने बताएको छ।
‘‘डब्लुएचओको मापदण्डअनुसार हेल्थडेस्क राखेर नाका सञ्चालन हुनेछ’’ उनले नेपाली पब्लिकसँग भने, ‘‘आज केहि सामान आईपुगेको छ, अब ठुलो परिमाणमा नै सामान आउँछ।’’