विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट साउदी अरबको शाही परिवारका १ सय ५० जना सदस्य संक्रमित भएका छन्। साउदी अरबका ८४ बर्षीय राजा सलमान जेद्धा शहरमा ब्यवस्थापन गरिएको आईसोलेशनमा गएका छन। त्यस्तै न्युयोर्क टाईम्सको अनुसार युवराज मोहम्मद बिन सलमान लाल सागर किनारमा तयार पारिएको आइसोलेशनमा बस्न थालेका छन्।
साउदीका विशिष्ठ व्यक्तिहरुको उपचार गरिदै आएको किंग फैसल स्पेशलिस्ट अस्पतालका डाक्टरहरु राजपरिवारको उपचारमा खटिएका छन्। कोरोनाको उपचारका लागि अस्पतालले थप ५ सय शैयाको ब्यवस्था गरेको छ। साउदी अरबमा कोरोना भाइरसकाे कारण हालसम्म ४४ जनाले ज्यान गुमाएका छन् भने ३ हजार २ सय ८७ जना संक्रमित भएका छन्।