काठमाडौं - हाल सम्म प्रयोगशालामा कुल ३ हजार ५ सय २४ वटा कोरोनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ। जस्मा काठमाडौं उपत्यकामा ४ सय १ र उपत्यका बाहिर २ सय ३० जनाको नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
साथै ८०० जना भन्दा बढी को रिपोर्ट परीक्षणको क्रममा प्रयोशालामानै रहेको मन्त्रालयले जनाएको छ। उक्त अवधिमा नयाँ संक्रमित भेटिएको छैन। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको परीक्षणको दायरा बढाएको छ। उपत्यका सहित ११ स्थानमा पिसिआरबाट नमूना परीक्षण सुरु भएसँगै दायरा बढेको हो।
डा देवकोटाका अनुसार उपत्यका भित्र १५ र बाहिर १ सय १० गरी १ सय २५ जना आईसोलेसनमा भर्ना भई उपचार भइरहेको छ। ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा छन्।
कैलालीमा ३ सय ३९, कञ्चनपुरमा १ सय ३७, कपिलवस्तुमा २१ र बागलुङमा १९ जनाको नमूना परीक्षण भएका छन् । परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले बताए।
विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा शुक्रबारदेखि पिसिआरबाट नमूना परीक्षण सुरु भएको छ। उपत्यका र उपत्यका बाहिर १० वटा गरि हाल कोरोना परीक्षण हुने स्थान ११ पुगेको छ। अन्य जिल्लामा पनि पिसिआर जडान कार्य भइरहेको मन्त्रालयले जनाएको छ।
डेल्धुराबाट १ सय ९९, बैतडीबाट ४ सय २५ र कर्णालीबाट २५ गरी बिहिबार संकलन भएका ७ सय ९ वटा नमूना हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ।