कोरोनाभाईरस संक्रमणका कारण मृत्यू हुनेको संख्या १ लाख नाघेको छ। जोन हप्कीन्स यूनिभर्सिटि अफ मेडिसीनमा उल्लेख भएको तथ्याङ्क अनुसार हालसम्म विश्वभर कोरोना संक्रमणबाट १ लाख १ हजार ५ सय २६ जनाले ज्यान गुमाईसकेका छन्। त्यसैगरी संक्रमितहरुको संख्या १६ लाख ७३ हजार ४ सय २३ पुगेको छ। निकाे हुनेकाे संख्या ३ लाख ६८ हजार ६ सय ६९ छ।
जोन हप्कीन्सको पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी ईटालीमा मृत्यू भएको छ। त्यहा १८ हजार ८ सय ४९ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४७ हजार ५ सय ७७ जनामा संक्रमण देखिएको छ। दोश्रो स्थानमा रहेको अमेरीकामा पनि १८ हजार बढीले ज्यान गुमाईसकेका छन् भने ५ लाखको हाराहारीमा संक्रमित छन्।
स्पेनमा १ लाख ५३ हजार ५७ जना संक्रमितमध्ये १५ हजार ९ सय ७० जनाले ज्यान गुमाईसकेका छन्। फ्रान्समा १२ हजार २ सय १० जनाको मृत्यू भईसकेको छ, संक्रमितको संख्या १ लाख २५ हजार ९ सय ३० पुगेको छ। यसैगरी जर्मनीमा १ लाख भन्दा बढीमा संक्रमण देखिएको भएपनि मृत्यू हुनेको संख्या तुलनात्मक रुपमा कम देखिएको छ। त्यहा हालसम्म २ हजार ६ सय ७ जनाले ज्यान गुमाएका छन्।
नेपालमा भने हालसम्म ९ जनामा मात्र कोरोनाभाइरसको संक्रमण देखिएको छ। जसमध्ये एकजना निको भइसकेका छन् भने बाँकी ८ जनाको अवस्था पनि सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।