कोरोना भाइरसको त्रास विश्वभर बढेपछि मानिसहरु यसबाट बच्न अनेकाै उपायहरु गरिरहेका छन्। यसबाट बच्न घरभित्रै रहने, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने र हातले अनुहार नछुने राम्रो विकल्पहरु हुन।
तर कोरोनको संक्रमणबाट जाेगिन यस बाहेक शरीरमा प्रतिरोधात्मक शक्ति बढाउने सुझाव चिकित्सकहरु दिन्छन्। जसका कारण हतपत कुनै पनि किटाणुले आक्रमण गर्न सक्दैन। त्यसैगरि पोषण तथा स्वास्थ्य विज्ञका अनुसार तीन प्रकारका भिटामिनले मानिसको शरीरमा प्रतिराेधि क्षमताको विकास गर्छ। जसले संक्रमण हुनबाट बचाउँछ।
१. भिटामिन सी
भिटामिन सीले इम्यून सिस्टमको विकास गर्दछ। यसको अभाव भएमा शरीरमा अनेकौं प्रकारको रोग लाग्ने सम्भावना हुन्छ। भिटामिन सी प्राप्त गर्नको लागि सुन्तला, मौसमी, पालुगों र ब्रोकाउली सेवन गर्नुपर्दछ।
२. भिटामिन बी ६
भिटामिन बी ६ ले शरीरमा इम्यून सिस्टम तन्दुरुस्त राख्न मदत गर्दछ। भिटामिन बी ६ ले कैयौं प्रकारका बायोकेमिकल रियाक्सनले इम्यूनिटीको विकास गर्दछ। भिटामिन बी ६ प्राप्त गर्न माछामासु र अण्डाको सेवन गर्नुपर्दछ।
३. भिटामिन ई
शरीरमा कुनै पनि रोगको संक्रमण नहोस् भन्नका लागी शरीरमा भिटामिन ई हुनु अति आवश्यक छ। भिटामिन ईमा समावेश हुने एन्टिअक्सीडेन्ट्सले शरीरलाई इन्फेक्सनमा लड्न शक्ति प्रदान गर्छ। ओख्खर, बदाम र पालुगाें सहित ब्रोकाउलीबाट पनि भिटामिन ई पाउन सकिन्छ।
४. अमिलो फलफूल
चिकित्सकले बिरामीलाई सिट्रस फ्रूट्स अर्थात अमिला फलफूल खाने सल्लाह दिन्छन्। सिट्रस फ्रूट्सहरुमा अंगुर, सुन्तला, निमुबा, कागती, सरिफा लगायतका फल पर्दछन्। मानिसलाई इम्यूनिटी बढाउनको लागी सिट्रस फ्रुट्स आवश्यक पर्दछ।
५. अदुवाः
अदुवामा कैयौं प्रकारका एन्टी भाइरल तत्व पाइन्छ। त्यसैले आफ्नो खानपानमा अदुवाको समावेश गर्नु लाभदायक हुन्। सौप वा महका साथमा अदुवा खादाँ यसबाट बढि लाभ पाउन सकिन्छ। दैनिक ३/४ पटक अदुवाको सेवन गरेमा यसले इम्यून सिस्टम राम्रो बनाउँछ।
यस्ता खालका खानेकुराहरू खाएमा प्रतिरोधात्मक शक्ति सजिलैसँग बढाउन सकिन्छ