वीरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीकले क्वारेन्टिन निर्माणका लागि घर र होटल उपलव्ध गराउन सार्वजनिक अपिल गरेको छन्। शनिबार दिउसोँ आफ्नो फेसबुक वालमा ‘स्टाटस’ लेख्दै उनले यस्तो अपिल गरेका हुन्।
सरावगीले लेखेका छन्, ‘‘मेडिकल टोली र सुरक्षाकर्मीहरुको लागि क्वारेन्टिन बनाउन खानाको सुविधासहतिको आईसोलेटेड घर र होटलको आवश्यकता परेको छ। ईच्छुकहरुले सिधा मसँग सम्पर्क गर्नुहोला।’’ नेपाली पब्लिकसँगको कुराकानीमा उनले क्वारेन्टिनका लागि उपलव्ध हुने घर र होटलको व्यवस्थापकिय खर्च महानगरले व्यहोर्ने स्पष्ट पारे।
कोरोनाभाइरस उपचारमा खटिने चिकित्सक र सुरक्षाकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षीत क्वारेन्टिनको व्यवस्था गर्नका लागि यस्तो अपिल गरिएको मेयर सरावगीले बताए। ‘‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु र उनीहरुको परिवारका सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै एक–एक वटा कोठामा क्वारेन्टिन गर्न खोजेका हौँ,’’ उनले भने ‘‘लामो समयसम्म काम खटिने उनीहरुलाई सुरक्षीत राख्नु हाम्रो कर्तव्य हो।’
सरावगीको फेसबुक स्टाटस हेर्न यहाँ क्लिक गर्नुहोस।