गलकोट– बागलुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।
चट्याङबाट गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले लागेर उनी सँगै २० वर्षीय रेश्मी भट्ट घाइते भएका छन्। रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर मरेको छ।