वीरगञ्जमा बस्दै आएका ३ जना भारतीय नागरीकमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ। उनीहरु ३ दिनअघि मात्र भारतबाट नेपाल प्रवेश गरेका थिए।
कोरोनाको लक्षण देखिएपछि उनीहरुको स्वाब परिक्षणको लागि हेटौडाको प्रयोगशालामा पठाइएको थियो। परिक्षणमा रिपोर्ट पोजिटिभ आएपछि त्यसलाई पुनः परिक्षणका लागि काठमाडौं पठाइएको थियो। काठमाडौंबाट पनि रिपोर्ट पोजिटिभ नै देखिएको छ।
संक्रमितहरु २ जना उत्तरप्रदेश र एकजना दिल्लीका रहेकेा श्रोतले जानकारी दिएको छ। अहिले उनीहरुको वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आईसोलेसनमा राखेर उपचार भइरहेको छ।
थप ३ जना संक्रमितसगैँ अब नेपालमा संक्रमितहरुको संख्या १२ पुगेको छ। एकजना भने निको भइसकेका छन्।