दाङ - लकडाउनको समयमा अटेरी गरेर चलाइएका १ हजार ४ सय ४३ वटा सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाका विभिन्न स्थानका कार्यालय तथा चौकीमा ती सवारीका साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
नियन्त्रणमा लिइएका मध्ये सबैभन्दा धेरै १ हजार १ सय ७२ वटा मोटरसाइकल रहेका छन्। त्यस्तै ९३ वटा स्कुटर, ६३ वटा ट्रक, ४५ वटा जिपकार र ३९ वटा अटो रिक्साहरु रहेकाे बताएकाे छ।
अब लकडाउन खुलेपछि जरिवाना तिराएर मात्रै सम्बन्धित धनीलाई सवारी साधन बुझाईने ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए।