काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण भएका आमाबाट जन्मिने शिशुलाई कोरोनाभाइरसको संक्रमण हुन्छ कि हुँदैन भन्ने प्रश्नले पनि धेरैलाई सताएको हुन सक्छ।
वैज्ञानिकहरु कोरोनाभाइरस संक्रमणका गर्भवतीमा असरहरु बुझ्न हाल अनुसन्धानमै छन्। यस्तो अवस्थामा मानिसको तुलनामा उच्च जोखिममा छन् भन्ने कुनै प्रमाण छैन। यसबाट बचाउन सावधानी अपनाउन र सम्भावित लक्षणहरु (ज्वरो, खोकी, सास फेर्न गाह्रो भएमा) स्वास्थ्यकर्मीको सल्लाह लिन जरुरी हुन्छ।
कोरोनाभाइरसबाट गर्भवतीहरु कसरी बच्ने ?
१. हातलाई २० सेकेण्डसम्म राम्ररी धुनुपर्छ ।
२. अनुहारमा हात लगाउनुभन्दा अघि हात अवश्य धुने गरौं ।
३. गर्भावस्थामा घरमा नै बस्नु अनिवार्य हुन्छ ।
४. भीडभाड भएको स्थानमा जानबाट जोगिनुपर्छ ।
५. संक्रमित व्यक्तिको सम्पर्कमा आउनु हुादैन ।
६. पोषणयुक्त डाइट लिनुपर्छ र आफ्नो इम्युन सिस्टमलाई राम्रो बनाइरहनुपर्छ ।
गर्भवतीले कोरोनाभाइरसको जाँच गर्नुपर्छ ?
विश्व स्वास्थ्य संगठनकाअनुसार यसको लक्षण देखापरेका गर्भवतीलाई जाँचका लागि प्राथमिकता दिनुपर्छ। कोरोना संक्रमण देखापरेमा गर्भवतीलाई उच्चस्तरीय स्याहार आवश्यक पर्न सक्छ।
कोरोना भाइरसले शिशु वा नवजात शिशुमा संक्रमणहरु सर्न सक्छ ?
कोरोना संक्रमण आमाबाट गर्भमा रहेको शिशुलाई सर्न सक्छ भन्ने ठोस प्रमाण उपलब्ध छैन।
प्रसुतिको समयमा कस्तो स्याहार उपलब्ध हुनुपर्छ ?
१. सम्मानपूर्ण ढंगले उपचार र स्याहार उपभोग गर्न पाउनुपर्छ।
२. स्वास्थ्यकर्मीबाट परामर्श पाउनु पर्छ।
३. प्रसुतिको समयमा हिँडडुल गर्न पाउनु पर्छ।
४. कोरोना संक्रमणको आशंका गरिएको भएमा स्वास्थ्यकर्मीहरुले आफ्नो तथा अन्य बिरामीहरुलाई संक्रमणको जोखिम न्युनीकरण गर्नका लागि उचित सावधानीहरु अपनाउनु पर्छ।
कोरोनाभाइरस संक्रमित आमाले चाहेको खण्डमा स्तनपान गराउन सक्छिन् ?
१. स्तनपान गराउँदा सरसफाईको अभ्यास गर्ने, सम्भव भएसम्म मास्क लगाउनु पर्छ।
२. शिशुलाई छोएपछि हात धुनुपर्छ।
३. नियमितरूपमा छोएका सामानहरु निर्मलीकरण गर्नुपर्छ।
कोरोनाभाइरसबाट संक्रमित भएमा शिशुलाई काखमा बोक्न हुन्छ ?
१. सरसफाईका कुराहरु अँगाल्दै सुरक्षित तरिकाले स्तनपान गराउन सकिन्छ।
२. शिशुलाई छालादेखि छालासम्मको संसर्गमा राख्ने।
३. नवजात शिशुसँग एउटै कोठामा बस्ने।
कोरोनाभाइरस संक्रमणको स्तनपान गराउने अवस्थामा छैन भने के गर्ने ?
१. आमाको स्तन निचोरेर दुध निकाल्ने।
२. केही समय स्तनपान बन्द गरेर पुनः स्तनपान गराउने।
३. शिशुलाई अरु स्वस्थआमाको दुध खुवाउने