कोरोना संक्रमितको उपचारमा खटिएका विश्वभरका २२ हजार ७३ स्वास्थ्यकर्मी समेत संक्रमित भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ। डब्लुएचओले दैनिक सार्वजनिक गर्दै आएको रिपोर्ट अनुसार अप्रिल ८ सम्म ५२ देशका ती स्वास्थ्यकर्मीहरुलाई कोभिड-१९ को संक्रमण देखिएको बताएकाे छ।
स्वास्थ्यकर्मीलाई हुने संक्रमणका बारेमा यकिन जानकारी नहुने भएकाले आँकडा योभन्दा बढ्न सक्ने डब्लुएचओले जनाएको छ।
कोरोना भाइरसविरुद्धको विश्वव्यापी अभियानमा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीले अहम भूमिका निर्वाह गरिरहेको भन्दै उनीहरुको प्रशंसा गरेसँगै अधिक सावधानी अपनाउन समेत डब्लुएचओले आग्रह गरेको छ।
अहिलेसम्मकाे तथ्याङ्क अनुसार इटालीमा मात्र एक सय भन्दा बढी डाक्टर र ३० जना नर्सको मृत्यु भइसकेको छ।