काठमाडाैं- नयाँ वर्ष २०७७ को अवसरमा एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले आफुसँग शुन्य ब्यालेन्स रहेको अवस्थामा पनि डेटा र एसएमएस सेवा उधारोमा खरिद गर्न सक्ने योजना ल्याएको हो।
चैत्र २९, शनिबार देखि लागु भएको यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक करसहित २० रुपैयाँमा उधारो खरीद गर्न सक्नेछन्। ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरेपछि तोकिएको शुल्क श्वत काटिने छ। यसरि डेटा र एसएमएस सेवा प्याकका रुपमा लिएर तोकिएको शुल्क पछि तिर्न मिल्ने यो अफर कम्पनीको पहिलो अफर भएको जनाएको छ। यस्तो प्याक सुचारु गरेको ५ दिनसम्म प्रयोग गर्न सकिने छ।
यसका साथै एनसेलका सेवाग्राहीले छुट्टै एसएमएस सेवा मात्र रहेको प्याक पनि खरीद गर्न सक्नेछन्। २५० वटा एसएमएस रहेको यस्तो प्याक कर सहित १० रुपैयाँमा सुचारु गर्न सक्नेछन्। यो प्याक पनि सुचारु भएको ५ दिन सम्मको लागि मान्य रहनेछ।
एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समयमा यो सेवाको फाइदा लिन सक्नेछन्। तर, पुरानाे लोनको रकम भने चुक्ता गरेको हुनु पर्ने कम्पनीले जनाएको छ।
एनसेलका ग्राहकले *९९८८*७७# डायल गरी यी प्याकहरु सुचारु गर्न सक्नेछन्। यद्यपी विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स ५ रुपैयाँ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यी प्याकहरु सुचारु गर्न सक्नेछन्।