वीरगञ्जमा ३ जनामा कोरोनाभाइरसको संक्रमीत भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न आग्रह गरेको छ। मन्त्रालयले आइतबार जारी गरिएको विज्ञप्तीमा भनिएको छ ‘‘निजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ’’
वीरगञ्ज महानगरपालिकाको छपकैयास्थित एक मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यसमध्ये तीन जनामा कोरोना संक्रमण भेटिएको थियो। मन्त्रालयका अनुसार सक्रंमितहरुको उमेर क्रमशः ३७, ५५ र ४४ वर्ष रहेको छ। उनीहरु सबै पुरुष हुन्।
मस्जिदमा बसेका २१ जनालाई शंकाको आधारमा नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखि थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो। परिक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको नतिजा पोजिटिभ देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परिक्षण गर्दा पनि नतिजा पोजिटिभ नै देखिएको थियो।
संक्रमण देखिएका तिनैजना भारतिय नागरिक रहेको श्रोतले बताएको छ। श्रोतका अनुसार २ जना उत्तरप्रदेश र एकजना दिल्लीमा बस्दै आएका ३ संक्रमितहरु दिनअघि मात्र भारतबाट नेपाल प्रवेश गरेका थिए। अहिले उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा आईसोलेसनमा राखेर उपचार भइरहेको छ।
