निजि क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो तिनुपर्ने कर चुक्ता गरेको छ। ठूला करदाता कार्यालयकाअनुसार शेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर एनसेल प्रालिले आइतबार बुझाएको हो।
एनसेलले पहिलो किस्तामा ४ अर्ब ५० करोड तिरेको थियो भने दुई हप्ता अगाडि मात्रै दोस्रो किस्तामा ४ अर्ब ६० करोड बुझाएको थियो।
एनसेलले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ। यससँगै पुँजीगत लाभकर पावात २०७२ चैत २९ देखिको यस प्रकरणबाट एनसेल मुक्त भएको छ।