पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको दुई करोड रुपैयाँ सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको छ।
पूर्वराजा शाहले केही दिन अगाडी एक विज्ञप्ति जारी गर्दै कोरोना कोषलाई सहयोग गर्न हिमानी कोषलाई २ करोड रुपैयाँ दिने घोषणा गरेको थिए।
हिमानी कोषका अधिकारीहरुले आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई उक्त रकम उपलब्ध गराएका हुन्। साथै हिमानी कोषले रकमको सहि सदुपयोग हुने अपेक्षा गरेको छ।
