प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँवर्षको दिन राष्ट्रिय गान गाउन र बजाउन आग्रह गरेका छन्। आईतबार साँझ आफ्नो ट्वीटरमार्फत उनले यस्तो आग्रह गरेका हुन्।
ग्लोबल कम्प्याक्ट नेपाल नामक संस्थाले जारी गरेको सन्देशमा समर्थन जनाउँदै उनले लेखेका छन् ‘‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु।’’
काेराेनाभाइरस नियन्त्रणाका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतकाे मनाेबल बढाउनका लागि यस्ताे गर्न आग्रह गरिएको हो।
ग्लोबल कम्प्याक्ट नेपालले एक सन्देश जारी गर्दै ‘‘राष्ट्रियगानको समाप्तीपछि करताल ताली ध्वनीले एकबद्दतास्वरुप ताली बजाएर सम्मान गर्न’’ आग्रह गरेको छ। भोली बैसाख १ गते बिहान ८ बजे यस्तो गर्न भनिएको छ।

