काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्। शुभकामनामा उनले भनेका छन् उल्लास र उमङ्गको पर्व हुनुपर्ने नयाँ वर्षमा हामी साह्रै अप्ठ्यारो परिस्थितिमा रहेको बताए।
नयाँ वर्षको पूर्वसन्ध्यामा आज सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत् शुभकामना दिँदै उनले योपालि नयाँ वर्षलाई उल्लास र उमङ्गले स्वागत गर्न नपाएको बताएका हुन्।
उनले सिंगो विश्व समुदाय आज कोरोना सङ्क्रमणको महामारीबाट आक्रान्त बन्दा हामी नेपालीहरूलाई पनि छोएकले नयाँ बर्ष अपठ्यारो स्थितीमा मनाउनु परेको बताए।
उनले सुभकामनामा भनेका छन् – ‘नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो’, प्रधानमन्त्रीले लेखेका छन्, ‘तर, यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौँ। म यहाँहरू सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु।’
त्यस्तै उनले कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं कोरोना भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गर्ने छ। हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएका छौं। आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त रहेकाे बताए।