नेपालमा थप एकजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोमबार कैलालीको लम्की चुहा नगरपालिकाकी एक वृद्धाको कोरोना टेस्टको नतिजा पोजिटिभ आएको होे।
टीकापुर अस्पताल स्रोतका अनुसार संक्रमण देखिएकी महिला लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएकी थिईन्। शुरुमा गरिएको र्यापिड टेस्टमा उनीमा कोरोना संक्रमण देखिएको थिएन। पछि काठमाडौंमा ‘थ्रोट स्वाब’को परीक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखियोे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारे आधिकारीक जानकारी गराउन बाँकी छ।