काठमाडाैं - रौतहटमा एक १९ वर्षिय युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ। याे सँगै नेपालमा संक्रमितहरूकाे सँख्या १४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देवकाेटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे नमुना परिक्षणमा ती युवाकाे नतिजा पाेजेटिभ देखिएकाे हाे। क्वारेनटाइनमा रहेका ती युवकलाइ अहिले अस्पताल ल्याउन लागिएकाे छ।
यसअघि, आजै मात्र कैलालीमा पनि एक महिलामा काेराेना संक्रमण देखिएको थियो।