काठमाडौं - प्रयोगशालामा हालसम्म ५ हजार ६ सय ९१ जनाको कोरोनाको परिक्षण भएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
बिगत २४ घन्टामा ५ सय १९ जनाको नया परिक्षण भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र ४ हजार ४ सय ३२ परिक्षण भएको छ। त्यसै गरि जनस्वास्थ्य प्रयोगशाला बाहिर हाल सम्म १ हजार २ सय ५९ को परिक्षण भएको छ।
नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कैलाली र रौतहटमा एक-एक जनामा कोरोना देखिएको हो। कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
रौतहटको क्वारेन्टाइनमा रहेका युवामा कोरोना देखिएको हो। उनलाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको पनि जानकारी दिए।
हालसम्म संक्रमित को संख्या १४ पुगेको छ। जस मध्ये सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा रहेका संक्रमित को संख्या ५, बीरगञ्जमा ३, बाग्लुङमा २ र टेकुमा २ वटा संक्रमितहरु को उपचार भैरहेको र सबैको अवस्था सामान्य रहेको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
हाल ५२ वटा जिल्लाहरुमा आर डी टि बाट कोरोनाको परिक्षण गर्ने कार्य सुरु भएको छ। र्यापिड टेस्ट किट र पी सी आर बाट हाल सम्म जम्मा १० हजार ९ सय ८२ वटा परिक्षण भैसककेको प्रवक्ता डा विकास देवकोटाले बताए।
त्यसैगरि हालसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या जम्मा ७ हजार १ सय ६६ वटा रहेको र आइसोलेशनमा बिरामीको संख्या १ सय ३ रहेको बताए। काठमाडौँ उपत्यका भित्र ९ जना र काठमाडौँ उपत्यका बाहिर ९४ जना रहेको उनले जानकारी दिए।