कोभिड–१९ को त्रासकै माझ २०७६ साल हामीबाट बिदा हुँदै छ। यो त्रास कहिलेसम्म रहन्छ, निश्चित छैन। २०७६ सालको सुरुवातमा नेपालीले सुख, शान्ति र समृद्धिका आशा गरेका थिए। ती आशा पूरा भएनन्। अर्को वर्ष यसै गरी २०७७ सालको समीक्षा गर्दा सरकारले कोभिड–१९ लाई बहाना बनाउने निश्चित छ। ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा अघि सारेको सरकारले २०७६ सालमा के–कस्ता काम गर्यो त, हेरौं–
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्। शुभकामनामा उनले भनेका छन् उल्लास र उमङ्गको पर्व हुनुपर्ने नयाँ वर्षमा हामी साह्रै अप्ठ्यारो परिस्थितिमा रहेको बताए। नयाँ वर्षको पूर्वसन्ध्यामा आज सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत् शुभकामना दिँदै उनले योपालि नयाँ वर्षलाई उल्लास र उमङ्गले स्वागत गर्न नपाएको बताएका हुन्। उनले सिंगो विश्व समुदाय आज कोरोना सङ्क्रमणको महामारीबाट आक्रान्त बन्दा हामी नेपालीहरूलाई पनि छोएकले नयाँ बर्ष अपठ्यारो स्थितीमा मनाउनु परेको बताए।
प्रयोगशालामा हालसम्म ५ हजार ६ सय ९१ जनाको कोरोनाको परिक्षण भएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए। बिगत २४ घन्टामा ५ सय १९ जनाको नया परिक्षण भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र ४ हजार ४ सय ३२ परिक्षण भएको छ। त्यसै गरि जनस्वास्थ्य प्रयोगशाला बाहिर हाल सम्म १ हजार २ सय ५९ को परिक्षण भएको छ। नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कैलाली र रौतहटमा एक-एक जनामा कोरोना देखिएको हो। कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ ।र्यापिड टेष्टमा उनीहरुमा कोभिड १९ को एण्टिबडी देखिएपछि पाटन अस्पतालको आइसोेलेसनमा भर्ना गरिएको हो ।
चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो। दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो। एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो । जुरुक्क उठेपछि भारी बोक्ने काम शुरु हुन्थ्यो। यसरी बित्थे माझीका दिनहरु। दैनिक गुजाराका लागि भारी बोकेर उपत्यकामा भौँतारिएको धेरै वर्ष भइसक्यो तर उनलाई अहिलेको जस्तो सकस पहिले कहिल्यै परेको थिएन।
‘लकडाउन’का कारण अन्तरराष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुईजनाकाे शव स्वदेश फर्काउन समस्या भएको छ। भ्रमणका लागि युएई पुगेका समयमा ज्यान गुमाएका ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदीप तामाङ र रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गुमाएका साकेला गाउँपालिका–३ खिदिमाका कुलबहादुर खत्रीको शव स्वदेश फर्काउन समस्या परेको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ। नयाँ वर्ष २०७७ को उपलक्ष्यमा राजपाले आज एक शुभकामना सन्देश जारी गर्दै सरकारकोतर्फबाट अझै प्रभावकारी भूमिकाका निम्ति सबै प्रकारको समस्याबाट मुक्ति पाउन सबैलाई समेटेर राष्ट्रिय सहमतिका लागि छलफल अगाडि बढाउन आग्रह गरेको हो।
सप्तरीमा कोरोनाभाइरस जाँचका लार्गि यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ। क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। राजविराज नगरपालिकामा चार जना, कञ्चनरुप नगरपालिकामा १६ जना र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ जनाको नमूना परीक्षण गरिएकामा सबै जनाको रिपोर्ट नेगेटिभ आएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।
महानगरीय प्रहरी वृत बौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ। प्राप्त विशेष सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–५ बासुकीनगरबाट बा४२प ८०९ र बा८९प ९५४१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित ओखलढुङ्गा घर भई गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका २० वर्षीय ङिमा लामा र सोही ठाउँका २० वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।
तिलगङ्गा आँखा अस्पतालको बहिरङ्ग विभाग र आकस्मिक कक्षमा गरी दैनिक ५० देखि १०० जनासम्म बिरामी आउने गरेका छन्। ‘लकडाउन’ का समय भएकाले शल्यक्रिया गरेर ‘फलो अप’ का बिरामी वा अकस्मात् कुनै समस्या आइपरेका बिरामी आउने गरेको अस्पतालले जनाएको छ। सामान्य अवस्थामा दैनिक एक हजार बिरामी आउने गरेकामा अहिले झण्डै १०० जनासम्म आइरहेको अस्पतालले जनाएको छ। ती बिरामीमध्ये शल्यक्रिया गरेर ‘फलोअप’ आउने र आकस्मिक सेवा लिन आउने दुवै बराबर सङ्ख्यामा छन्।
टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गर्न नसकेको भन्दै पदबाट राजीनामा दिएका छन्। सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका निकट सहयोगी मानिन्छन्। टर्कीले सबै ३१ सहरमा लकडाउन घोषणा गरेको थियो तर लकडाउन घोषणा गरेपछि त्यहाँ मानिसहरु समस्यामा परेका थिए। प्रशासनले दैनिक उपभोग्य वस्तु तथा औषधिको खरिदमा कुनै प्रतिबन्ध नलाग्ने भनेर सम्झाए पनि स्थिति नियन्त्रणमा आउन सकेन। अचानक कर्फÞ्यू लगाएको भन्दै नागरिक र विपक्षी नेताहरुले सरकारको आलोचना गरे।