काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ ।र्यापिड टेष्टमा उनीहरुमा कोभिड १९ को एण्टिबडी देखिएपछि पाटन अस्पतालको आइसोेलेसनमा भर्ना गरिएको हो ।
अहिले उनीहरुको पिसिआर विधिबाट परिक्षण गर्न थ्रोट स्वाबको नमुना संकलन गरिएको अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए । तीन साता अघि लण्डनबाट आएका एकै परिवारका बुवा, आमा र छोरीमा संक्रमणकाे सम्भावना देखिएको हो ।
संकलन गरिएको थ्रोट स्वाबको पिसिआर विधिबाट परिक्षण गरेपछि उनीहरुमा कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि हुनेछ । कहिलेकाहिं र्यापिड टेष्ट गर्ने किटले शरिरमा एन्टीबडि देखाएपनि कोरोनाको संक्रमण पुष्टि भने हुँदैन । त्यसैले संक्रमणको पुष्टि गर्न पिसिआर विधिबाट परिक्षण गर्नुपर्ने हुन्छ ।