एजेन्सी- भारतमा लागु भएको लकडाउन आगामी मे ३ तारिखसम्मका लागि लम्बिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको अवधि लम्बिएको घोषणा गरेका हुन् ।
सम्बोधनका क्रममा मोदीले लकडाउन कडाइका साथ लागु गर्ने समेत बताए । प्रधानमन्त्री मोदीले आगामी एक साता अप्रिल २० सम्म काेराेनाविरुद्धकाे लडाईमा कठाेरता अपनाइने भन्दै माेदीले अनुसाशनका साथ लकडाउनकाे पालना गर्न पनि आग्रह गरे । प्रधानमन्त्री माेदीका अनुसार, अप्रिल २० सम्म हरेक जिल्ला र राज्यहरुमा चेकजाँच बढाइने छ, र त्यसपछि केही जरुरी गितिविधमा लचकता अपनाइने छ ।
प्रधानमन्त्री माेदीले आर्थिक दृष्टिले मात्र हेर्दा लकडाउन महंगाे सावित भएपनि भारतीय जनताकाे जीवनकाे अघि त्यसकाे कुनै तुलना हुन नसक्ने स्पष्ट गरे । उनले हरेक तह र तप्काबाट लकडाउनकाे अविध बढाउन सुझाव आएकाे बताए ।
भारतमा पछिल्लो दुई साता कोरोना भाइरस संक्रमित र मृत्युको घटना बढेपछि थप १९ दिन लकडाउन बढाइएको हो । यसअघि भारतमा २१ दिन लकडाउन घोषणा गरिएको थियो।