काठमाडौं - छिमेकि मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३ सय ३९ पुगेको छ भने १० हजार भन्दा बढि संक्रमित भएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १० हजार ३ सय ६३ पुगेको छ। भारतको महाराष्ट्रमा मात्र अहिलेसम्म एक सय ६० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार तीन सय भन्दा बढी मानिस संक्रमित भएका छन्।
त्यस्तै, मध्य प्रदेशमा ४३, दिल्लीमा २८ र गुजरातमा २६ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। लकडाउनकै समयमा पनि कोरोना संक्रमण बढेपछि प्रकोप न्यूनीकरणका लागि भारतले १९ दिन लकडाउन लम्ब्याएको छ।