कोरोनाको आशंकामा अस्पताल भर्ना भएका तीनै जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ । काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा र्यापिड टेष्टमा कोभिड १९ को एण्टिबडी देखिएपछि उनीहरुलाई साेमबार पाटन अस्पतालको आइसोेलेसनमा भर्ना गरिएको थियाे ।
पीसीआर विधिबाट थ्रोट स्वाबको नमुना परिक्षण गर्दा उनीहरुमा काेराेनाकाे संक्रमण देखिएकाे अस्पताल श्राेतले जनाएकाे छ । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसकाे आधिकारिक पुष्टि गर्न भने बाँकी छ । मन्त्रालयले ५८ बर्षिय पुरुष र ८१ बर्षिया महिला गरी २ जनामा काेराेना संक्रमणको पुष्टि गरेकाे छ ।
सरकारले सनसिटी अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण सुरू गरेकाे छ भने संक्रमण देखिएकाहरुसँग सम्पर्कमा आएकाहरुकाे ट्रेसिङ्ग पनि सुरू भएको छ ।