बलिउड अभिनेता शाहरुख खानले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरससँग युद्ध लडीरहेका स्वास्थ्यकर्मीहरुको लागि २५ हजार पीपीई किट उपलब्ध गराएका छन्। महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले ट्विटरमार्फत सुपरस्टार खानले महाराष्ट्रको फ्रन्टलाइन मेडिकल स्टारको सुरक्षाका लागि २५ हजार पीपीई किट प्रदान गरेका जानकारी दिएका हुन्।
स्वास्थ्यमन्त्री टोपेले शाहरुखलाई धन्यवाद दिँदै ट्वीटरमा लेखेका छन्, ‘ तपाईले गनुभएको पीपीई किटको योगदानले कोभिड १९ विरुद्ध हाम्रो लडाईलाई समर्थन गर्न र हाम्रो फ्रन्टलाइन मेडिकल केयर टीमलाई बचाउनको लागि लामो समयसम्म मद्दत गर्छ।’