काठमाडाैं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले दुईसाता लकडाउन लम्ब्याएकाे छ। आज मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्मका लागि लकडाउन लम्ब्याएकाे हाे।
मुलुकभित्र कोरोना (कोभिड-१९)सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले दुईसाता लकडाउन लम्ब्याइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए। त्यस्तै सरकारले वैशाख १८ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।
सरकारले लकडाउन लम्बाउने निर्णय गरेको यो चौँथो पटक हो। नेपालमाअहिलेसम्म १६ जनामा यसको संक्रमण देखिएको छ। यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ।
सरकारले चैत ११ देखि निरन्तर लकडाउन नियम लागु गरेको छ।