कैलाली - १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–१, चनौरामा सोमबार दिउँसो आफन्तको घरबाट धनगढी फर्कनेक्रममा किशोरीमाथि सामूहिक बलात्कार भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार मोटरसाइकलमा आएका उनीहरुले धारिलो हतियार देखाई किशोरीसँगै आएका अन्य तीनजनालाई कुटपिट गरेका थिए। प्रहरीले खबर पाएलगत्तै उनीहरूलाई वडा ४बाट पक्राउ गरेको हो।