काठमाडौं - पी सी आर बिधिबाट प्रयोगशालामा हालसम्म ६ हजार २ सय ९९ जनाको कोरोनाको परिक्षण भएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
बिगत २४ घन्टामा ५ सय ८४ जनाको नयाँ परिक्षण भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र ४ हजार ८ सय १९ जनाको परिक्षण भएको छ।बिगत २४ घन्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ३ सय ८७ जनाको परिक्षण भएको छ त्यसै गरि जनस्वास्थ्य प्रयोगशाला बाहिर हाल सम्म १ हजार ४ सय ८० को परिक्षण भएको छ। प्रयोगशाला बाहिर बिगत २४ घन्टामा १ सय ९७ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
र्यापिड किट बाट हिजो पेप्सीकोलामा बस्ने विभिन्न व्यक्तिहरुको परिक्षण गरिएको थियो। जसमा ३ जनाको परिक्षण पोजेटिभ आएको थियो र तिनै जनालाई पाटन अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो। आजको पी सी आर परिक्षणमा ३ जना मध्ये २ जनाको पोजेटिभ आएको छ भने १ जनाको रिपोर्ट आउन बाँकि छ। संक्रमित व्यक्तिहरु ५८ वर्षीय पुरुष ८१ वर्षीय महिला रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।
हाल संक्रमितको संख्या १६ पुगेको छ १ जना निको भएर घर फर्की सकेको छ। १५ जनाको उपचार भैरहेको छ जस मध्ये २ जना टेकु अस्पताल, २ जना पाटन अस्पताल, २ जना धौलागिरी अस्पताल बागलुङ्गमा, सेती अस्पताल धनगढीमा ५ जना र नारायणी अस्पताल वीरगञ्जमा ४ जना उपचाररत छन् र सबैको स्वास्थ्य सामान्य रहेको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
त्यसैगरि हालसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या जम्मा ५ हजार ७ सय ७१ वटा रहेको र आइसोलेशनमा बिरामीको संख्या ९९ सय रहेको बताए। आइसोलेशनमा बिरामीको संख्या काठमाडौँ उपत्यका भित्र १२ जना र उपत्यका बाहिर ८७ जना रहेको उनले बताए।
र्यापिड टेस्ट किट र पी सी आर बाट हाल सम्म जम्मा १२ हजार ९ सय ६ वटा परिक्षण भैसककेको प्रवक्ता डा विकास देवकोटाले बताए। र्यापिड टेस्ट किट बाट परिक्षण गर्न अब २१ वटा जिलाहरु मात्र बाँकी रहेको जानकारी दिए।