एजेन्सी– भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३७७ पुगेको छ।
भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको बुधबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या ११ हजार ४३९ पुगेको छ।
सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। अहिलेसम्म महाराष्ट्रमा संक्रमितको संख्या २६ सय ८७ पुगेको छ, भने मृत्यु हुनेको संख्या १७८ रहेको छ।
यस्तै दिल्लीमा कोरोना भाइरसबाट संक्रमित हुन मानिसको संख्या १५ सय ६१ पुगेको छ, भने ३० जनाको मृत्यु भइसकेको छ।