एजेन्सी– कोरोनाभाइरस बिरुद्धको खोप बनाउन विश्वभरका वैज्ञानिकहरु जाेडताेडसँग लागि परेका छन्। यस क्रममा अहिले ७० किसिमका सम्भावित खोप विकास भइसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ।
डब्ल्यूएचओका अनुसार तीमध्ये ३ प्रकारका खोप भने मानिसमा परीक्षण गर्ने क्रममा रहेकाे छ। परीक्षणमा गएका मध्ये चीनले विकास गरेको खोपले विभिन्न चरण पार गरिसकेको जनाइएको छ।
यस्तै अमेरिकी औषधि उत्पादक कम्पनी इनोविओ र मोडेर्नाले विकास गरेका अरू दुई खोप पनि अहिले मानवमा परीक्षण र्गे क्रममा रहेको छ भने बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले विकास गरेको खोप अहिले दोस्रो चरणको परीक्षणमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
कुनै पनि खोपहरु प्रयोगमा आउन १० देखि १५ महिनासम्म लाग्नेछ। तर अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले गरेकाे उल्लेख अनुसार कोरोना भाइरसविरुद्धको खोप भने द्रुत गतिमा विकास भइरहेका छन्। आगामी वर्षसम्ममा यो खोप प्रयोगमा आउने अपेक्षा गरिएको छ। त्यस्तै अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्रोफेसर सारा गिल्बर्टले आफ्नो समूहले बनाएका खोपहरु यही वर्षको अन्त्यसम्म उपलब्ध हुने दाबी गरेकी छन्।