कोरोना संक्रमित देखिएपछि सिल गरिएको पेप्सीकोलास्थितकामा ¥यापिड टेष्ट शुरु भएको छ। बुधबार बिहानदेखी ५ वटा हेल्थ डेस्क राखेर टेष्ट शुरु गरिएको हो।
पहिलो चरणमा संक्रमित देखिएको ‘ब्लक ए’ मा टेष्ट गरेर बाँकी ५ वटै ब्लकको टेष्ट पनि आज नै सक्नेगरी तिब्र गतिमा जाँच भइरहेको छ। ब्लकमा ए मा करिव २ सय ५० जना बस्ने गरेको र उनीहरुको टेष्ट लभभग सकिन लागेको सटसिटी अपार्टमेन्टमा बस्ने सरोज थापाले जानकारी दिए।
करिव १ हजार ५ सय मानिसको बसोबास रहेको सनसिटीमा बिदेशबाट आएका दुईजनामा संक्रमण देखिएपछि सनसिटीलाई कल गरेर सबैको कोरोना टेष्ट गर्न लागिएको हो।