पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’मा बस्दै आएका २ सय ९८ जनाकाे परिक्षणमा २ सय ९६ जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे छ । संक्रमितको घरमा काम गर्ने दुई जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पिसिआरको रिपोर्ट आउन बाँकी छ।
सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’मा बस्दै आएका २९८ जनामा बुधबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको थियाे । अपार्टमेन्टमा बसोबास गर्ने २ सउ ४३ जना तथा सुरक्षा गार्डहरु र अन्य कामदार गरि २ सय ९८ जनाको आरडीटीबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको एक स्वास्थ्यकर्मीले जानकारी दिए।
सनसिटी अपार्टमेन्टमा रहेका बाँकी ४ वटा ब्लकको टेष्ट भोली हुने अपार्टमेन्ट व्यवस्थापनले जानकारी दिएको छ। संक्रमण पुष्टि भएकाहरु बसेकाे ‘ब्लक ए’ मा बुधबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परिक्षण गरी आजको टेष्ट स्थगित गरिएकाे थियाे।
सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका २ जना सदस्यमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि अपार्टमेन्टलाई नै सिल गरेर त्यहाँ बसाेबास गर्नेहरुकाे परिक्षण शुरु गरिएकाे हाे । त्यहाँ करिव १ हजार ५ सय जना बस्दै आएका छन् ।