रोमानियाको एन्टी भाइरस सफ्टवेयर एन्ड सेक्योरिटी कम्पनी बिटडिफेन्डरको एक रिसर्चर्सले गूगल प्ले स्टोरमा १७ वटा मालिसियस एप्स (जोखिमयुक्त एप्स) पत्ता लगाएका छन्। जसले स्मार्टफोनको ब्याट्रीलाई छिटो खराब बनाउनुका साथै फोनलाई नै ड्यामेज बनाउन सक्छन्।
सो अनुसन्धानको अनुसार यी एप्सका कारण पाँच लाख पचास हजार एन्ड्रोयड डिभाइस प्रभातिव भएका छन्। तीमध्ये केहि एप्सलाई त एक लाख भन्दा धेरै पटक इन्स्टल गरिएको छ। यसमध्येबाट केहि एप्सलाई गूगलको सेक्योरिटी स्क्यानरले पनि पहिचान गर्न सकेको छैन्। जसकारण कयौँ यस्ता एप्स प्ले स्टोरमा अहिलेसम्म रहेको रिसर्चमा उल्लेख गरेका छन्।
साथै यसमा केहि यस्ता विज्ञापनहरु आएका हुन्छन्, जसले फोन तथा पुरै कम्प्यूटर प्रणलीलाई समेत हानि पुर्याउन सक्छन्। एक्सपर्टका अनुसार यसबाट फोनमा मालवेयर पनि इन्स्टल हुन सक्दछन्। जसबाट प्रयोगकर्ताको ठुलो नोक्सान हुन सक्ने भएकाले यी सबै एप्सहरुलाई तुरुन्त हटाउन सल्लाह समेत दिएका छन्।
पत्ता लागेका जोखिमयुक्त एप्सको नाम सूची
१.कार रेसिंङ (Car Racing 2019)
२.४के वालपेपर (4K Wallpaper (Background 4K Full HD)
३.ब्याकग्राउन्ड ४के एचडी (Backgrounds 4K HD)
४.क्युआर कोड रिडर एन्ड बारकोट स्क्यानर प्रो (QR Code Reader and Barcode Scanner Pro)
५.फाइल म्यानेजर प्रो– म्यानेजर एसडि कार्ड (File Manager Pro - Manager SD Card/Explorer)
६.भिमोओ सिटीःस्पीड रेसिंग ३डी (VMOWO City: Speed Racing 3D)
७.बारकोट स्क्यानर (Barcode Scanner)
८.स्क्रीन स्ट्रिम मिररिंग (Screen Stream Mirroring)
९.क्युआर कोड–स्क्यान एन्ड रीड बारको (QR Code - Scan and Read a Barcode)
१०.पीरियड ट्रयाकर–साइकल ओव्युलेशन वीमन्स (Period Tracker - Cycle Ovulation Women s)
११.क्युआर एन्ड बारकोड स्क्यान रिडर (QR and Barcode Scan Reader)
१२.वालपेपर ४के, ब्याकग्राउन्ड एचडी (Wallpapers 4K, Backgrounds HD)
१३.ट्रान्सफर डेटा स्मार्ट (Transfer Data Smart)
१४.एक्सप्लोरर फाइल म्यानेजर (Explorer File Manager)
१५.टुडे वेदर राडार (Today Weather Radar)
१६.मोवनेट.आईओःबिग फिस फ्रेन्जी (Mobnet.io: Big Fish Frenzy)
१७.क्लक एलइडी (Clock LED)
एजेन्सीकाे सहयाेगमा