वेभसाईट नै डाउन भएपछि गृह मन्त्रालयमार्फत बाढ्न लागिएको अनलाई पास वीतरण हुन सकेको छैन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ई–पासको लागि आवेदन धेरै आएका वेभसाईटले काम नगरेको बताए।
‘‘धेरै आवेदन आएर वेभसाईट नै चलेको छैन’’, उनले नेपाली पब्लिकसँग भने, ‘‘बनाएर भोलीदेखी बाढ्न थाल्छौ।’’ तोकीएकोभन्दा अन्य प्रयोजनाका लागि आवेदन आउँदा समस्या बढेको उनले बताए।
पछिल्लो समय लकडाउनको अवधी बढेसँगै सरकारले पास दिन बन्द निर्णय गरेको थियो। पास लिने बहानामा नै सम्बन्धित ठाँउमा भिडभाड हुन थालेपछि गृह मन्त्रालयले बिकल्पमा अनलाईन पासको व्यवस्था गरेको हो।
यो पनि पढ्नुहोसः ‘खोई त पास?’’
‘‘यो सुविधा सबैको लागि होईन’’, प्रजिअ दाहालले भने, ‘‘परिवारका सदस्यको मृत्यू भएको खण्डमा मात्र जारी हुन्छ।’’ अन्य कुनै प्रयोजनका लागि आवेदन नदिन समेत उनले आग्रह गरे।
अनलाईन पास आवेदन भर्न यहाँ क्लिक गर्नुहोस
