मंगलबार काभ्रेमा ¥यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा पोजिटिभ नतिजा आएका दुई यूवामा कोरोना नभएको पुष्टि भएको छ। धुलीखेल अस्पताल श्रोतका अनुसार दुबैजनामा कोरोना संक्रमण देखिएको छैन्।
उनीहरुमध्ये एक जना भारत र एक जना दुबईबाट नेपाल फर्किएका थिए। आरडिटीमा पोजिटभ नतिजा आएपछि हिजो नै उनीहरुलाई धुलीखेल अस्पतालमा राखेर थ्रोट स्वाब चेक गरिएको थियो।