चीनबाट मेडिकल सामान ल्याउन निजी कमपनी नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज आज चीन जाँदैछन्। बिहीबार साँझ चार्टर्ड गरीएका दुबै जहाजले चीनको ग्वाङझाउका लागि उडान भर्न लागेका नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले बताइन्।
खड्काका अनुसार फ्लास फ्रेट र सांग्रिला फ्रेटले गरेका चार्टड जहाजहरु आज बेलुका करिब ६ः४५ मा उड्ने छन्। र यी जहाज शुक्रबार बिहाननै काठमाडौं र्फकने तालिका रहेको छ।
यसअघि नेपाल एयरलाइन्सले तीन पटक चीनको ग्वाङझाउमा चार्टर्ड उडान भरिसकेकाे छ। यो सबै उडान कोरोना भाइरसको रोकथामको लागि मेडिकल सामग्रीको आपूर्तिका लागि भएको हो।