चिकित्सकमाथी कुटपिट भएपछि घटनाको छानविन र कारवाहीस्वरुप महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्साललाई जिम्मेवारीमुक्त गरिएको छ। सरकारद्वारा घोषित लकडाउन उल्लङ्घन गरेको भन्दै चिकित्सकहरुमाथी अभद्र व्यवहार भएको थियो।
महानगरिय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीलले बिहिवार एक विज्ञप्ती जारी गर्दै घटनाको छानविन गर्नका लागि उनीलगायत घटनामा संलग्न अन्य प्रहरीलाई समेत जिम्मेवारीमुक्त गरीएको जानकारी दिए।
उनीहरुलाई महानगरिय प्रहरी कार्यालयमा झिकाइएको छ भने घटनाको छानविनका लागि यसअघि नै एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डिएसपी होविन्द्र बोगटी सम्मिलित समिती गठन भईसकेको छ।