प्रहरीले काठमाडौंको बालकुमारीबाट मान्छेसहितको ट्रकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा ५ जना यात्रु बोकेको अवस्थामा ना ७ ख ६३ नम्बरको ट्रकलाई नियन्त्रण लिएको हो।
‘‘पाँच जना यात्रु रहेछन्, ३ जना चाहिँ चालक र सहचालक रहेछन्’’ महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम ढकालले भने, ‘‘नियन्त्रणमा लिएर बालकुमारीमा नै राखेका छौँ।’’ ट्रकवालाले यात्रुहरुसँग पैसा लिएको छ वा छैन भन्ने अहिले नखुलेको उनले बताए।
लकडाउन उल्लङ्घन गर्ने चालक र यात्रुहरुमाथी हुने कारवाहीबारे स्पष्ट पार्दै एसएसपी ढकालले भने, ‘‘ति यात्रुहरु त यहाँ खान बस्न नै गाह्रो भएर जान खोजेका होलान, उनीहरुलाई राहतको व्यवस्था मिलाउछौ, चालक र सहचालकलाई अनुसन्धानपछि आवश्यक कारवाही हुन्छ।