काठमाडौं - नेपालमा ४८ घण्टायता कुनै पनि नयाँ संक्रमित भेटिएको छैन। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३२ जनाको नमूना परीक्षण भएको छ।
पीसीआर बिधिबाट प्रयोगशालामा हालसम्म ७ हजार २ सय ४० जनाको कोरोनाको परिक्षण भएको छ भने र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) बाट हालसम्म १२ हजार १ सय ९२ जनाको कोरोनाको परिक्षण भएको छ। यी दुबै मिलाएर हालसम्म १९ हजार ४ सय ३२ जनाको परिक्षण भएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
हालसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या जम्मा ४ हजार ९ सय १ वटा रहेको छ। र आइसोलेशनमा बिरामीको संख्या १ सय ३ जना रहेको छ। आइसोलेशनमा बिरामीको संख्या काठमाडौँ उपत्यका भित्र ८ जना र उपत्यका बाहिर ९५ जना रहेको प्रवक्ता देवकोटाले बताए।
आरडीटी परीक्षणका क्रममा विभिन्न नतिजा पोजेटिभ आएपनि पीसीआरबाट परीक्षण गर्दा नगेटिभ आउने गरेको देवकोटाले जानकारी दिए।काठमाडौं उपत्यकामा कोभिड क्लिनीक सञ्चालनका लागि मन्त्रालयले थप १६ वटा निजी अस्पताल सूचीकृत गरेको छ।
र्यापिड टेस्ट किट बाट परिक्षण गर्न अब ८ वटा जिलाहरु मात्र बाँकि रहेको छ। ताप्लेजुङ, डोल्पा, मनाङ, इलाम, सोलुखुम्बु, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा आरडीटी परीक्षण सुरु हुन बाँकि जिल्ला हुन् । यी ८ जिल्ला बाहेक सबै जिल्लाहरुमा र्यापिड टेस्ट किट बाट परिक्षण परिक्षण कार्य सुरु भईसकेको प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
वीरगञ्जको छप्कैयामा गरिएको करीब ४०० जनाको र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) भएको छ जसमा सबै नतिजाहरु नेगेटिभ आएको जानकारी दिए।