कोरोनाभाइरस परिक्षण र उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री लिएर चिनबाट उडेको दुई वटा जहाज काठमाडौँ आईपुगेको छ। ग्वाङ्झाओबाट उडेको वाईड बडी जहाज एउटा बिहान ७ बजे र अर्को ७ः१५ बजे अवतरण गरेको हो।
दुई जहाजमध्ये एउटा जहाज सहजै त्रिभुवन विमानस्थलमा अवतरण गरेको भएपनि कम भिजिविलिटीका कारण अर्को जहाजलाई अवतरणमा समस्या भएको थियो।
यि दुवै जहाजमा निजी क्षेत्रले स्वास्थ्य सामग्री मगाएका छन्।