चीनकाे वुहान शहरमा भाइरसकाे संक्रमण फेरि उदाएकाे छ । कोरोना भाइरसको उद्गमस्थल वुहान शहरमा कोरोना संक्रमणका कारण थप १ हजार २ सय ९० जनाको मृत्यु भएको छ ।
यसअघि वुहानमा काेराेना नियन्त्रण भइसकेकाे दावी गर्दै लकडाउन फुकुवा समेत गरिएकाे थियाे । वुहानले शुक्रबार काेराेना भाइरसका कारण मृत्यु भएकाहरुकाे तथ्याङ्क सार्वजनिक गरेको हाे ।
यसअघि वुहानमा भाइरसको संक्रमणका कारण २ हजार ५ सय ७९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । यो सँगै वुहानमा मृतकको संख्या ५० प्रतिशतले बृद्धि भइ ३ हजार ८ सय ६९ पुगेको वल्र्डओमिटरले उल्लेख गरेको छ ।
यसका साथै काेराेना वुहानमा भाइरसका ३ सय २५ नयाँ केसहरु पनि थपिएकाे तथ्याङ्क वुहानकाे महामारी राेकथाम तथा नियन्त्रण केन्द्रले बताएकाे छ । यसका अतिरिक्त, चीनमा थप २६ जना भाइरसका विरामीहरु फेला परेकाे त्यहाँकाे राष्ट्रिय स्वास्थ्य आयाेगले उल्लेख गरेकाे छ ।