महामारीको चपेटामा परेका २ सय १० वटा देशमध्ये नेपाल पनि एक हो। अन्य देशहरुको तुलनामा यहाँ निकै कम संक्रमण देखिएको छ। यसो भन्दैमा ढुक्क भएर बस्ने अवस्था भने पक्कै छैन। त्यसैले नेपाल सरकारले ‘कन्ट्री लकडाउन’ गरेको छ।
लकडाउनको आज २५ औँ दिन । अझै कति दिन लम्बिन्छ भन्ने अनुमान समेत लगाउन गाह्रो छ । महामारीको रोकथाम र नियन्त्रणका लागि लागु गरिएको लकडाउनबाट दैनीक जीवन मात्र होइन देशको अर्थतन्त्र नै प्रभावित बनेको छ ।
एकातिर महामारीबाट जोगीन लकडाउनको पालना गर्नुपर्ने बाध्यात्मक अवस्था छ भने अर्कातिर भोको पेटको आवश्यकता। यिनै रस्साकस्सीविच आजको दिनसम्म आईपुगेका छौँ हामी।
‘सामाजिक दुरी’ कायम गर्दै नेपाली पब्लिकका लागि सुरज डिजि खनालले खिचेकाे २५ तस्विरमा हेर्नुस काठमाडौंको २५ दिनको लकडाउनः