काठमाडौं - कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ जनाको नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
पीसीआर बिधिबाट प्रयोगशालामा हालसम्म ७ हजार ६ सय ८८ जनाको कोरोनाको परिक्षण भएको छ भने र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) बाट हालसम्म १६ हजार ५ सय ६५ जनाको कोरोनाको परिक्षण भएको छ। यी दुबै मिलाएर हालसम्म २४ हजार २ सय ५३ जनाको परिक्षण भएको प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
आरडीटी परीक्षणका क्रममा विभिन्न नतिजा पोजेटिभ आएपनि पीसीआरबाट परीक्षण गर्दा नगेटिभ आउने गरेकोले परिक्षणको कार्यहरु भईरहेको छ। हाल सम्म संक्रमित को संख्या १६ पुगेको छ भने १ जना निकोभई घर फर्किसकेको छ। संक्रमित १६ जना मध्ये हाल टेकु अस्पतालमा २ जना, पाटनमा २, बागलुङ्गमा २, धनगढीमा ५ र बीरगंजमा ५ जना गरि १६ जना को उपचार भैरहेको र सबैको अवस्था सामान्य रहेको प्रवक्ता विकास देवकोटाले बताए
र्यापिड टेस्ट किट बाट परिक्षण गर्न अब सोलुखुम्बु र डोल्पा २ वटा जिल्लाहरु मात्र बाँकि रहेको छ। यी बाहेक सबै जिल्लाहरुमा र्यापिड टेस्ट किट बाट परिक्षण कार्य सुरु भईसकेको प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
हालसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या जम्मा ४ हजार ६ सय ७ वटा रहेको छ। र आइसोलेशनमा बिरामीको संख्या ९० जना रहेको छ। आइसोलेशनमा बिरामीको संख्या काठमाडौँ उपत्यका भित्र ५ जना र उपत्यका बाहिर ८५ जना रहेको प्रवक्ता देवकोटाले बताए।
पाटनमा अस्पतालमा कोभिड-१९ को पिसिआर मेसिनबाट परीक्षण सुरु भएको छ। यो सँगै देशका १४ स्थानमा पीसीआर प्रबिधि बाट कोभिडको नमुना परीक्षण सुरु भएको छ। सबै प्रदेशमा गरी हाल कुल ३० हजार आरडीटी किट पठाएको छ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र मन्त्री कार्यालयबाट हाल ३४ जना चिकित्सकहरुलाई सुदूरपश्चिम प्रदेशमा रहेको अस्पतालहरुमा कामकाजको लागि खटाएको प्रवक्ता देवकोटाले जानकारी दिए।